
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २ सय विपन्न परिवारलाई चामल वितरण गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले राईजिङ् वीरगञ्ज नेपाल छपकैयाको समन्वयमा दुई सय बोरा चामल वितरण गरिएको हो ।
रमजान पर्व चलीरहेको अवस्थामा रोजा पर्वलाई लक्षित गर्दै करिब ३ लाख २० हजार मूल्य बराबरको चामल वितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिए ।
राइजिङ्ग वीरगञ्ज नेपाल छपकैयाका अध्यक्ष अकदस मुस्तफासँगै दाता मरियम लेदर ई.का प्रबन्धक फारुख ज्याल खुरैसीको उपस्थितीमा चामल वितरण गरिएको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईस्लाम धर्मावलम्बीहरुको पर्व रमजानको अवसरमा चामल वितरण गरिएको अध्यक्ष ठकुराईले बताए ।
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सहसचिव मदन गुप्ता, सदस्य सहेब हुसैन, ज्याहुल हक लगायतको उपस्थिती रहेको थियो ।




