
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताए । गम्भीर घाइते भएका चालक मख्खुरामलाई उपचारार्थ शिक्षण अस्पताल नेपालगन्ज लगिएको उनले बताए । प्रहरीले ठक्कर दिने भे १ स ८६३२ नम्बरको अटोका चालक ठाकुरबाबा–२ तिनघरुवाका ४७ वर्षीय धनीराम थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।




