चैत्र २७ काठमाडौँ
पाकिस्तान प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्नु पाकिस्तानका लागि फाइदा हुने बताएका छन् ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरूसँग कुरा गर्दै खानले चुनावअघि र पछिका मोदीमा फरक हुने भएकाले उनी फेरि प्रधानमन्त्री बने कस्मिरबारे भारतसँग शान्ति वार्ता हुने बताए ।


अहिलेको प्रमुख प्रतिपक्षी कंग्रेस आई सत्तामा आए दक्षिणपन्थी दलहरूको डरले कस्मिरका विषयमा उसले पाकिस्तानसँग वार्ता नगर्ने खानको दाबी छ ।
‘भाजपा आफैं दक्षिणपन्थी पार्टी हो। यदि उसले चुनाव जितेमा पाकिस्तानसँग वार्ता गर्न सक्छ। यद्दपी मोदीको भारतमा मुसलमानले आफूलाई पूर्णरूपमा अलगथलग महशुस गरिरहेका छन्,’ खानले भने ।

भारतमा भोलिदेखि लोक सभाको चुनाव हुँदैछ । सात चरणमा हुने चुनाव जुन ११ मा सकिनेछ ।




