वीरगञ्जमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विशेष सरसफाई कार्यक्रम सम्पन्न

वीरगञ्ज, फागुन ७ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम वीरगञ्ज महानगर क्षेत्रभित्र सार्वजनिक स्थानहरूको सरसफाई गर्दै स्वच्छ र सफा सहर निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा समुदायका विभिन्न प्रतिनिधि, प्रहरी, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

सफाई अभियानअन्तर्गत मुख्य चोक, सडक, पार्क तथा सार्वजनिक स्थलहरूमा फोहोर व्यवस्थापन तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरियो। वीरगञ्ज महानगरपालिकाका प्रमुख तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूले सफाइ अभियानलाई निरन्तरता दिँदै स्वच्छ वातावरणको आवश्यकता बारे जनतालाई जागरूक गराए।

सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई स्वच्छ सहर निर्माणका लागि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः