पर्सा, २०८१ – पर्सा जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण पुनर्स्थापना केन्द्र (रिहाब) का संचालकहरूसँग जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राबीच विशेष छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा पुनर्स्थापना केन्द्रहरूको सञ्चालन, लागू औषध दुव्र्यसन नियन्त्रण, सेवाग्राहीहरूको सुरक्षा तथा अधिकार, केन्द्रहरूको पारदर्शिता र व्यवस्थापनका विषयमा विस्तृत कुराकानी भएको थियो। प्रहरी उपरीक्षक गौतम मिश्राले पुनर्स्थापना केन्द्रहरूले कानुनी प्रक्रिया अनुसार नै सञ्चालन गर्नुपर्ने, सेवाग्राहीहरूसँग मानवीय व्यवहार गर्नुपर्ने तथा लागू औषध दुव्र्यसन नियन्त्रणमा प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो।

रिहाब संचालकहरूले पनि आफ्ना अनुभवहरू साझा गर्दै, हाल केन्द्रहरूमा देखिएका चुनौतीहरू तथा सुधार आवश्यकताका विषयमा आफ्नो धारणा राखेका थिए। छलफलमा दुबै पक्षले सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पुनर्स्थापना केन्द्रहरूको भूमिका सशक्त बनाउने सहमति जनाएका छन्।

यस छलफलले पर्सा जिल्लामा पुनर्स्थापना केन्द्रहरूको प्रभावकारी सञ्चालन, सेवाग्राहीहरूको पुनर्स्थापना प्रक्रियालाई सहज बनाउने तथा लागू औषध दुव्र्यसन नियन्त्रण अभियानलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ।




