पर्सा जिल्लाको AVP PARSA र NEVLA ले आयोजना गरेको स्वागत बधाई तथा सम्मान कार्यक्रमबाट नेपाल पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायिक परिषद्का निर्वाचित पदाधिकारी ज्यूहरूलाई सम्मान गरेका छन्।

पर्सा पर्सा जिल्लाको AVP PARSA र NEVLA ले आयोजना गरेको स्वागत बधाई तथा सम्मान कार्यक्रमबाट नेपाल पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायिक परिषद् का निर्वाचित पदाधिकारी ज्यूहरूलाई सम्मान गरेका छन्।
आइतबार जिल्ला समन्वय समिति पर्साका सभा हलमा आयोजित कार्यक्रममा AVP PARSA का अध्यक्ष कमलेश गुप्ताको अध्यक्षतामा र पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायिक परिषद्का निर्वाचित उपाध्यक्ष रामप्रसाद मेहेता को प्रमुख अतिथिमा सम्मान कार्यक्रम सम्पन्न भयो। मेहताले पशुसेवामा संलग्न रहनु भएका पशुसेवाकर्मी को हकहितमा रहेर काम गर्छु र भेटनरीमा रहेका समस्याहरु बिस्तारै बिस्तारै समाधान गर्छु भनेर जानकारी गराए।
पशु स्वास्थ्य तथा पशु सेवा व्यावसायिक परिषद् मा दर्ता छुटेका लाई पनि असार मसान्त सम्म पूर्ण दर्ता प्रक्रिया सुरु हुन्छ भनेर छुटेका प्राविधिकलाई दर्ता गराउन आग्रह गरेका छन्।
त्यस्तैगरी कार्यक्रममा पशु चिकित्सक डाक्टर दिनेश तिवारी, नेबला उपमहासचिव योगेन्द्रप्रसाद शर्मा, प्रोफेसर राम लक्षण प्रसाद यादव, पशु सेवा व्यवसायिक परिषद्का केन्द्रीय सदस्य योगेन्द्र लाल यादव, पशु सेवा व्यवसायिक परिषदका मधेस प्रदेश सदस्य विशेश्वर प्रसाद यादव, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा का कम्प्युटर अपरेटर मनोरमा यादव, नेल्टा मधेस प्रदेश कोषाध्यक्ष रविनारायण तिवारी लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः