
वीरगंज, पर्सा। वीरगंज महानगरपालिका वडा नं. ३ कार्यालयको सहयोगमा INSPIRE EDUCATION, वीरगंज, पर्साद्वारा आयोजित निःशुल्क लोकसेवा तयारी कक्षा उद्घाटन कार्यक्रम आगामी मिति २०८१ माघ २५ गते सञ्चालन हुने भएको छ।
कार्यक्रमको उद्देश्य लोकसेवा आयोगमा सहभागी हुन चाहने इच्छुक युवाहरुलाई सहयोग तथा मार्गदर्शन प्रदान गर्नु हो। यस अवसरमा विषय विज्ञ प्रशिक्षकद्वारा गुणस्तरीय शिक्षण विधिका माध्यमबाट अभिमुखीकरण गराइने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूले तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिन्छ।




