तीन सिफ्टमा काम गरेर कीर्तिपुर क्रिकेट मैदानलाई सुविधानसम्पन्न बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सिफ्टमा कीर्तिपुरमा क्रिकेट मैदानको काम अघि बढाएर समयमै सक्न निर्देशन दिएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो सहित क्यानका सचिव पारस खड्कासँगको आफ्नो भेट भएको र सो क्रममा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशाला सहित समग्र नेपाली क्रिकेटको कुरा भएको जानकारी दिएका छन् ।

त्यसको भोलिपल्टै बुधबार शहरी विकास मन्त्री सहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको ओलीको भनाइ छ ।

ओलीले फेसबुकमा भनेका छन्, ‘पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ। कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु।’

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः