अस्पतालको शौचालयभित्र युवक मृत फेला

spot_img

ललितपुरको किष्ट अस्पतालभित्रकै शौचालयमा एक युवक मृत फेला परेका छन्।

महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सीपछाडि रहेको शौचालयभित्र सोमबार एक जना मृत फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

मृतक सोही नगरपालिका-८, बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको पनि प्रहरीले जनाएको छ।

साथीका बुवा बुरामी भएकाले उक्त अस्पतालमा भर्ना भएका थिए। बिरामी भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः