
जनता समाजवादी पार्टी पर्सा द्वारा बिरगंज नगर सभा गृह मा आयोजित कार्यक्रम मा लोकतान्त्रिक समाजवादी पार्टी का केन्द्रिय उपाअध्यक्ष पुरुषोतम लाल झा को नेतृत्व मा सयकरो को संख्या मा पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी पर्सा जिल्ला अध्यक्ष सिघासन शाह तेली को अध्यक्षता भएको कार्यक्रम को प्रमुख अथिति सो पार्टीका केन्द्रिय अध्यक्ष अशोक कुमार राई तथा विशिष्ट अथिति केन्द्रिय उपाअध्यक्ष सुशिला श्रेष्ठ, विशिष्ट अथिति पार्टीका सह सचिव तथा नेपाल सरकार का खाने पानी मन्त्रि प्रदिप यादव ,केन्द्रिय सदस्य तथा बिरगंज नगर प्रमुख राजेशमान सिंह लगायत को उपस्थिति रहेको थियो सो कार्यक्रमा विाभिन्न पार्टी परित्याग गरी सयकरो को संख्या पार्टी प्रवेश गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादव ज्युले पूर्व मन्त्री प्रभु शाह लाई औंल्याउँदै उहाँ लाई सुँगुरको खोर जस्तो गन्हाउने संज्ञा दिँदै त्यस्ता संग हामी टाढा बस्छौ र वीरगञ्जको व्यापारी तथा क्रमचारी लाई धाक धम्की चन्दा आतंक मच्चाउन काे लागि नै यो सर्कस (पार्टी) यहाँ सञ्चालन गरिएको हो ।

मन्त्रि यादवले तर्क गर्दै उपेन्द्र यादवलाई मधेश काे गजदार भन्दै जसपा नेपाल काे प्रदेश अध्यक्ष बालकिशोर कुष्ठरोगी आव्हे अयोग्य लाई प्रदेश तहस नहस गर्न को लागि प्रदेशअध्यक्ष बनाएको र योग्य (संसद, नगर प्रमुख लगाएत) जनप्रतिनिधि लाई अपमानित गरेको उपेन्द्र यादव ले व्यक्तिगत स्वार्थ पद काे लागि मात्र राजनीति गरेको खुलासा गरे।
त्यस्तै कार्यक्रममा नव प्रबेशी लाई सुभकामना दिँदै प्रमुख अतिथि तथा जसपा का केन्द्रिय अध्यक्ष अशोक कुमार राई ले यो पार्टी लाई पर्सा लगाएत देश भरी मा सब भन्दा बलियो पार्टी बनाउने र जसपा कुनै पार्टी संग मर्ज नहुने पनि स्पष्ट गर्दै मन्त्री प्रदीप यादव लाई सब भन्दा राम्रो र गतिशील मन्त्री भन्दै समान गरेका थिए ।




