‘बोर्डर २’ को सेटबाट बाहिरियो सनी देओल र वरूण धवनको तस्बिर

spot_img

अनुराग सिंहले निर्देशन गरिरहेको फिल्म ‘बोर्डर २’ को सेटबाट अभिनेता सनी देओल र वरूण धवनको तस्बिर बाहिरिएको छ।

उनीहरूको तस्बिर बाहिरिएसँगै फिल्मलाई लिएर दर्शक उत्साहित देखिएका छन्। अभिनेता सनी देओलले सेना दिवसको अवसर पारेर केही तस्बिर सार्वजनिक गरेका हुन्।

‘सधैं हाम्रो नायकको साहस, बलिदान र अटूट समर्पणलाई सलाम। भारतीय सेना दिवसको शुभकामना,’ उनले लेखेका छन्।

फिल्ममा सनी र वरूणसँगै दिलजीत दोसाँझको पनि मुख्य भूमिका छ। यो सन् १९९७ को ‘बोर्डर’ को दोस्रो भाग हो। जसमा लोन्गेवालाको लडाई (१९७१) को घटनामा आधारित हुनेछ।

फिल्मको पहिलो भागलाई जेपी दत्ताले निर्देशन गरेका थिए। यस फिल्ममा सन् १९७१ को इन्डो-पाकिस्तान युद्धमा आधारित छ। फिल्ममा सनी देओल, सुनील शेट्टी, ज्याकी श्राफ, अक्षय खन्ना, सुदेश बेरी, पुनीत इस्सर, कुलभूषण खरबन्दा, तब्बू, राखी, पूजा भट्ट, शरबानी मुखर्जी जस्ता कलाकारको अभिनय थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः