पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा प्रतिबन्धित लागुऔषध गाँजा खेती फँडानी गरिएको छ ।
वडा नम्बर १ स्थित सखुवनिया, बिन्दबास्नी, कोइलाभार र बढनिहार क्षेत्रका ८ बिगाहा जग्गामा लगाइएको प्रतिबन्धित लागूऔषध गाजाको बिरुवा शस्त्र प्रहरी, इलाका प्रहरी, जिल्ला वन कार्यालय र प्रहरी चौकीहरूको संयुक्त टोलीले नष्ट गरेको हो ।
प्राप्त जानकारी अनुसार, शसस्त्र प्रहरी बैसक्याम्प बागेश्वरी तित्रौना, इलाका प्रहरी कार्यालय एकटाङ्गा, जिल्ला वन कार्यालय पर्साका वन अधिकृत मन्जुर अहमद र स्थानीय प्रहरी चौकीका टोलीहरूले उक्त ८ बिगाहा जग्गामा फडानी गरी प्रतिबन्धित गाजाको बिरुवा नष्ट गरेका हुन् ।
जिल्ला वन कार्यालयका अनुसार, उक्त गाजाको बिरुवा फडानी गरेर बन कार्यालयको ट्र्याक्टरबाट जोतेर नष्ट गरिएको छ ।
यो कार्य शसस्त्र प्रहरी निरीक्षक चाम नरायण महतो, इलाका प्रहरी कर्यालय एकटाङ्गाका प्रहरी बरिष्ठ नायब निरीक्षक यज्ञनन्द प्रसाद साह र अन्य सुरक्षा अधिकारीहरूको संयुक्त पहलमा गरिएको हो ।