हिन्दु राष्ट्र को माग गर्दै बिरगंज मा प्रदर्शन

मिती २१/३/२०७७ मा पाकिस्तान मा निर्माणाधीन कृष्ण मन्दिर मा पाकिस्तान का नागरिक हरू ले उक्त मन्दिरमा तोडफोड गरी , यो इस्लाम धर्म को बिपच्छ मा रहेको भन्दै त्यहा को सुप्रीम कोर्ट मा यसलाई रोक लगाउन रिट दर्ता गराएका छन् ।यसको विरोध मा नेपाल विश्व हिन्दु महासंघ , पर्सा का नगर अध्यक्ष , युवा नेता अनुराग झा को नेतृत्वमा आज मिती २७/३/२०७७ मा दिउसो २ बजे बिरगंज स्थित घण्टा-घरमा ब्यापक जन-समर्थन का साथ विरोध प्रदर्शन गरियो । अध्यक्ष अनुराग झा ले भने:- ” कसैको धार्मिक आस्थामा यसरी हस्तक्षेप गरी अपमान गर्नु निन्दनीय हो र यसता कृयाकलापको घोर भर्तसना गर्दछु । बारम्बार हिन्दु धर्म माथी को आक्रमण र घृणा लाई निरुत्साहित गर्ने मेरो प्रयास निरंतर रहने छ ।साथै हाम्रो देश नेपालमा धर्म निरपेक्षता खारेज गरी सनातन धर्म को मर्यादा कायम गर्नको लागी यसै कार्यक्रम मार्फत समस्त हिन्दु दाजुभाई तथा दिदीबहिनीहरू को साथमा हिन्दु राष्ट्र कायम गर्न जोडदार माग गर्दछु ।” र अन्त्य मा पाकिस्तान का प्रधान मंत्री इमरान खान को पुतला दहन गरी’हर हर महादेव ‘ भन्दै अध्यक्ष अनुराग झा ले कार्यक्रम को समापन गर्नु भयो ।